समृद्ध समाचारदाता/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को प्रगति समिक्षा, आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम सार्वजनिक तथा कोभिड व्यवस्थापन कार्यशाला गोष्ठी सोमवार वाग्लुङमा सम्पन्न भएको छ । गोष्ठीमा वित्तीय संस्थाका वाग्लुङ, पर्वत र कास्की जिल्लाका १७ वटा शाखामा कार्यरत शाखा प्रवन्धक, केन्द्र प्रवन्धक तथा केन्द्रिय कार्यालयका प्रतिनिधी गरी ९२ जनाको सहभागिता रहेको थियो ।
उक्त गोष्ठीमा विगत आर्थिक वर्षको लक्ष्य माथि समिक्षा गर्दै संस्थाले जिल्ला, शाखा, सदस्य र ऋणी विस्तारमा गत आ.व. मा उल्लेख्य प्रगति हुन नसके पनि वचत तथा कर्जा कारोवारमा प्रगति भएको देखिएको छ । विशेष गरी संस्थाले निर्धारण गरेको लक्ष्य पुरा नहुनुमा कर्मचारीको दक्षतामा कमी, कार्यक्रममा दोहोरोपना, कोभिड संक्रमण लगायतका कारण रहेको संस्थाले जनाएको छ । संस्थाले यस वर्षको लक्ष्य प्राप्तीको लागि लिभिङ वीथ कोभिडको रणनीति अवलवम्न गर्ने वताएको छ । कार्यक्रममा सहभागी शाखाका प्रतिनिधीले लक्ष्य प्राप्तिको लागि कोभिडक व्यवस्थापनको लागि थप कार्यक्रम ल्याउनुपर्ने, सदस्यहरुलाई कोभिड सम्वन्धि सचेतना अभियान चलाउनुपर्ने, स्वास्थ्य उपकरण तथा सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, प्रविधिमैत्री कारोवारमा जोड दिनुपर्ने लगायतका सुझावहरु दिनु भएको छ । गोष्ठीमा वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल, प्रवन्धक नारायण प्रसाई, सहायक प्रवन्धक कमल प्रसाद शर्मा, उत्तम प्रसाद अधिकारी, सहायक अनुगमन अधिकृत रामचन्द्र गौतम लगायतले सहजीकरण गर्नु भएको थियो ।
गोष्ठीको शुभारम्भ गर्दै वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. ले विपन्न वर्गको आर्थिक विकासको साथै सामाजिक विकासमा जोड दिदै आएको वताउनु भएको छ । उहाँले कल्याणकारी पद्धतीवाट स्थापित नेष्डो नेपालवाट नेष्डो समृद्ध वनेकाले संस्थाका सेवा र सुविधाहरु व्यवसायिक भन्दा कल्याणकारी भएको वताउनु भयो । अध्यक्ष प्रसाईल्े कोभिडवाट सवै क्षेत्र मारमा परेको वेला विपन्न वर्ग पनि पिडित भएको भन्दै उहाँहरुको जीविकोपार्जनका लागि लघुवित्त क्षेत्रवाट धेरै टेवा पुगेको वताउनु भयो । उहाँले लघुवित्त संस्थाले विपन्न वर्गको राहातको लागि विभिन्न कल्याणकारी सुविधाको साथै ५ प्रतिशत व्याज छुट गरी १५ प्रतिशत कायम गरेको वताउर्दै विपन्न वर्गमा परेको कोभिडको प्रभावलाई न्यूनिकरण गर्न सेवा शुल्कमा समेत छुट गरेको वताउनु भयो । अध्यक्ष प्रसाईले कोरोना विशेष कर्जा सुविधाले धेरै विपन्न वर्गको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुगेको भन्दै कोभिड कोभिड भनी हात वाँधेर वस्दा सर्वत्र आर्थिक संकट आउन सक्ने भन्दै अव लिभिङ वीथ कोभिडको रणनीति अवलम्वन गर्नुपर्ने वताउनु भएको छ । कोभिड संक्रमणवाट कर्मचारी र सदस्यलाई वचाउनको लागि स्वाथ्य उपकरण तथा स्वास्थ्य सामाग्रीको समेत व्यवस्था गरिएको भन्दै अध्यक्ष प्रसाईले संस्थाका सदस्य वाहेक समाजका सदस्यहरुलाई समेत सहयोग गर्ने कार्यक्रम संस्थाले अगाडी वढाउने जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल प्रेस युनिएन पर्वतका उपाध्यक्ष ठाकुर रसाईलीले कोभिड संक्रमणवाट आफ्नो हजारौ सदस्यलाई वचाउन स्वास्थ्य उपकरण तथा सामाग्रीको व्यवस्था गर्नु सह्रानीय पक्ष रहेको वताउनु भयो । नेष्डो समृद्धको संस्थागत संस्कार नै सह्रानीय रहेको भन्दै यसको सवै लघुवित्तले अनुशरण गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा हरेक शाखालाई अक्सोमिटर, थर्मलगन, स्थानीटाईजर, के.एन ९५ मास्क, सर्जिकल मास्क, पिपिई सेट, एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण र सामाग्री वितरण गरिएको छ । मंगलवार वाग्लुङ कलष्टरमा १० थान अक्सोमिटर, १७ थान थर्मलगन, १७ थान पिपिईसेट, ८५ लिटर स्यानीटाईजर, २९ हजार ६ सय पचास थान विभिन्न गुणस्तरका मास्क र ७७ थान एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री अध्यक्ष प्रसाईले विभिन्न शाखालाई वितरण गर्नु भएको थियो ।
सो कार्यक्रम संस्थाको वाग्लुङ शाखाका प्रवन्धक सोमनिधी रेग्मीको अध्यक्षता, वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आथित्यता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत, वित्त अधिकृत अनिता सोतीको प्रतिज्ञाका साथै सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका सहकर्मी खिममायाँ पाईजा गिरीवाट पे्रषित समाचारमा जनाइएको छ । वित्तीय संस्थाका सवै शाखाहरुलाई विभिन्न ४ कलष्टरमा समेटी गरिने भनिएको कार्यक्रम आज देखि समापन भएको छ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कलष्टर स्तरीय प्रगति समिक्षा गोष्ठी वालिङमा सम्पन्न ।
लघुवित्त क्षेत्रलाई कोभिड कोभिडमुक्त वनाउन सचेतना अभियान सञ्चालन गर्ने संस्थाको भनाई ।।
समृद्ध समाचारदाता/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को प्रगति समिक्षा, आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम सार्वजनिक तथा कोभिड व्यवस्थापन कार्यशाला गोष्ठी सोमवार स्याङजाको वालिङमा सम्पन्न भएको छ । गोष्ठीमा वित्तीय संस्थाका पाल्पा, स्याङजा र दक्षिण पर्वतका १० वटा शाखामा कार्यरत शाखा प्रवन्धक तथा केन्द्र प्रवन्धक गरी ३८ जनाको सहभागिता रहेको थियो ।
उक्त गोष्ठीमा विगत आर्थिक वर्षको लक्ष्य माथि समिक्षा गर्दै कर्मचारीको दक्षतामा कमी, कार्यक्रममा दोहोरोपना, कोभिड संक्रमण लगायतका कारणले अपेक्षित उपलव्धी हासिल हुन नसकेको वताइएको छ । विगत जे जस्तो भए पनि यस वर्षको लक्ष्य प्राप्तीको लागि लिभिङ वीथ कोभिडको रणनीति अवलवम्न गरिने कार्यक्रममा जानकारी दिईयो । कार्यक्रममा सहभागी शाखाले शाखाको लक्ष्य प्राप्तिको लागि कोभिडको व्यवस्थापनको लागि थप कार्यक्रम ल्याउनुपर्ने, सदस्यहरुलाई कोभिड सम्वन्धि सचेतनाको साथै स्वास्थ्य सामाग्री सहयोग गर्नुपर्ने, प्रविधिमैत्री कारोवारमा जोड दिनुपर्ने आदि कुराहरु प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल, सहायक प्रवन्धक उत्तम प्रसाद अधिकारी, सहायक अनुगमन अधिकृत रामचन्द्र गौतम लगायतले सहजीकरण गर्नु भएको थियो ।
गोष्ठीको शुभारम्भ गर्दै वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कल्याणकारी पद्धतीवाट स्थापित नेष्डो नेपालवाट विकासित भएकोले यसको सेवा र सुविधाहरु व्यवसायिक भन्दा कल्याणकारी भएको वताउनु भयो । उहाँले कोभिडवाट सवै क्षेत्र मारमा परेको वेला विपन्न वर्ग पनि पिडित भएको भन्दै उहाँहरुको जीविकोपार्जनका लागि लघुवित्त क्षेत्रवाट धेरै टेवा पुगेको वताउनु भयो । उहाँले लघुवित्त संस्थाले विपन्न वर्गको राहातको लागि विभिन्न कल्याणकारी सुविधाको साथै ५ प्रतिशत व्याज छुट गरी १५ प्रतिशत कायम गरेको वताउर्दै विपन्न वर्गमा परेको कोभिडको प्रभावलाई न्यूनिकरण गर्न सेवा शुल्कमा समेत छुट गरेको वताउनु भयो । अध्यक्ष प्रसाईले कोरोना विशेष कर्जा सुविधाले धेरै विपन्न वर्गको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुगेको भन्दै कोभिड कोभिड भनी हात वाँधेर वस्दा सर्वत्र आर्थिक संकट आउन सक्ने भन्दै अव लिभिङ वीथ कोभिडको रणनीति अवलम्वन गर्नुपर्ने वताउनु भएको छ । कोभिड संक्रमणवाट कर्मचारी र सदस्यलाई वचाउनको लागि स्वाथ्य उपकरण तथा स्वास्थ्य सामाग्रीको समेत व्यवस्था गरिएको भन्दै अध्यक्ष प्रसाईले संस्थाका सदस्य वाहेक समाजका सदस्यहरुलाई समेत सहयोग गर्ने कार्यक्रम संस्थाले अगाडी वढाउने जानकारी दिनु भयो । उहाँले हालै मात्र सरकारले मास्क अभियान सञ्चालन गर्ने घोषणा गरेको सन्दर्भमा नेष्डो समृद्धले पहिलो चरणमा ७८ हजार संस्थाका सदस्य परिवारमा मास्क पु¥याउने गरी अभियान अगाडी वढाएको वताउनु भएको छ ।
कार्यक्रममा हरेक शाखालाई अक्सोमिटर, थर्मलगन, स्थानीटाईजर, के.एन ९५ मास्क, सर्जिकल मास्क, पिपिई सेट, एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण र सामाग्री वितरण गरिएको थिथो । सोमवार वालिङ कलष्टरमा १० थान अक्सोमिटर, १० थान थर्मलगन, १० थान पिपिईसेट, ५० लिटर स्यानीटाईजर, १७ हजार ३ सय थान विभिन्न गुणस्तरका मास्क, ५७ थान एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री अध्यक्ष प्रसाईले विभिन्न शाखालाई वितरण गर्नु भएको थियो ।
सो कार्यक्रम संस्थाको वालिङ शाखाका प्रवन्धक संगिता क्षेत्रीको अध्यक्षता, वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आथित्यता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका पाल्पा सहकर्मी सुमन घिमिरेवाट प्रषित समाचारमा जनाइएको छ । वित्तीय संस्थाका सवै शाखाहरुलाई समेटी विभिन्न ५ वटा कलष्टरमा कार्यक्रम गरिने भनिएकोमा तीन वटा कलष्टरमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कलष्टर स्तरीय प्रगति समिक्षा गोष्ठी गैंडाकोटमा सम्पन्न ।
सेवा विस्तारको साथै कोभिड व्यवस्थापनका लागि नयाँ कार्यक्रममा जोड दिने संस्थाको भनाई ।।
समृद्ध समाचारदाता/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को प्रगति समिक्षा, आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम सार्वजनिक तथा कोभिड व्यवस्थापन कार्यशाला गोष्ठी आईतावार मौलाकालिका कलष्टर गैंडाकोटमा सम्पन्न भएको छ । गोष्ठीमा वित्तीय संस्थाका चितवन, नवलपुर र नवलपरासी जिल्लामा रहेका १७ वटा शाखामा कार्यरत शाखा प्रवन्धक तथा केन्द्र प्रवन्धक गरी ७८ जनाको सहभागिता रहेको थियो । उक्त गोष्ठीमा विगत आर्थिक वर्षको लक्ष्य, प्राप्त उपलव्धी, अपेक्षित उपलव्धी हासिल नहुनको कारण र यस वर्षको लक्ष्य प्राप्तीको लागि अनुशरण गरिने रणनीतिहरुको वारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी शाखाले शाखाको लक्ष्य र उपलव्धीको साथै कोभिडको प्रभाव र समाधानका उपायको वारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल, सहायक प्रवन्धक प्रमुख उत्तम प्रसाद अधिकारी, सहायक अनुगमन अधिकृत रामचन्द्र गौतम लगायतले सहजीकरण गर्नु भएको थियो ।
गोष्ठीको शुभारम्भ गर्दै वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले कोभिडवाट सवै क्षेत्र मारमा परेको भएता पनि विपन्न वर्गको जीविकोपार्जनमा सवै भन्दा वढि प्रभाव परेको भन्दै प्रभाव न्यूनिकरणको लागि लघुवित्त सेवाले विशेष सहयोग पु¥याएको वताउनु भयो । उहाँले लघुवित्त संस्थाले विपन्न वर्गको राहातको लागि अन्य कल्याणकारी सुविधाको साथै ५ प्रतिशत व्याज छुट गरी १५ प्रतिशत कायम गरेको वताउनु भयो । विपन्न वर्गमा परेको कोभिडको प्रभावलाई राहात दिन लघुवित्त संस्थाहरुले सेवा शुल्कमा समेत छुट गरेको वताउनु भयो । उहाँले कोरोना विशेष कर्जा सुविधाले धेरै विपन्न वर्गको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुगेको वताउनु भयो । प्रसाईले कोभिड कोभिड भनी हात वाँधेर वस्दा देशमा भयामह आर्थिक संकट आउन सक्ने भन्दै अव लिभिङ वीथ कोभिडको रणनीति अवलम्वन गर्नुपर्नेमा जोड दिनु भएको छ । कोभिड संक्रमणवाट कर्मचारी र सदस्यलाई वचाउनको लागि स्वाथ्य उपकरण तथा स्वास्थ्य सामाग्रीको समेत व्यवस्था गरिएको भन्दै अध्यक्ष प्रसाईले कोभिड संक्रिमित कर्मचारी, कर्मचारीको परिवारका सदस्य, संस्थामा आवद्ध सदस्य एवम् उहाँहरुको परिवारलाई आर्थिक राहातको प्याकेज ल्याउनु उदारणीय भएको वताउनु भयो । उहाँले हालै मात्र सरकारले मास्क अभियान सञ्चालन गर्ने घोषणा गरेको सन्दर्भमा नेष्डो समृद्धले पहिलो चरणमा ७८ हजार संस्थाका सदस्य परिवारमा मास्क पु¥याउने गरी अभियान अगाडी वढाएको वताउनु भएको छ ।
कार्यक्रममा हरेक शाखालाई अक्सोमिटर, थर्मलगन, स्थानीटाईजर, के.एन ९५ मास्क, सर्जिकल मास्क, पिपिई सेट, एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण र सामाग्री वितरण गरिएको थिथो । आईतावार मौलाकालिका कलष्टरमा १७ थान अक्सोमिटर, १७ थान थर्मलगन, १७ थान पिपिईसेट, ९९ लिटर स्यानीटाईजर, २८ हजार ५ सय थान विभिन्न गुणस्तरका मास्क, ८१ थान एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री अध्यक्ष प्रसाईले विभिन्न संस्थालाई वितरण गर्नु भएको थियो ।
सो कार्यक्रम संस्थाको भरतपुर शाखाका प्रवन्धक ध्रुव पौडेलको अध्यक्षता, वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आथित्यता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका नवलपरासी सहकर्मी वुद्ध वहादुर घिमिरेवाट प्रषित समाचारमा जनाइएको छ । वित्तीय संस्थाका सवै शाखाहरुलाई समेटी विभिन्न ५ वटा कलष्टरमा कार्यक्रम गरिने भनिएकोमा दुई वटा कलष्टरमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।