नेष्डो समृद्धको तेश्रो स्थापना दिवस ५ दिवसीय विविध कार्यक्रम सहित मनाईदै । चैत्र २८ गते शनिवार स्थापना दिवसको शुभारम्भ कार्यक्रम सम्पन्न ।

उत्तम प्रसाद अधिकारी/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि., कुश्मा पर्वतले आफ्नो स्थापना दिवस विविध ५ दिने कार्यक्रम सहित मनाउने भएको छ । कम्पनी ऐन, २०६३ अन्र्तगत २०५४ साल चैत्र २८ गतेका दिन राष्ट्रिय स्तरको पव्लिक लिमिटेड कम्पनीको रुपमा नेष्डो समृद्ध दर्ता भएको थियो । संस्थाले यहि दिनलाई आफ्नो स्थापना दिवसका रुपमा मनाउदै आई रहेको हो । नेष्डो समृद्धले नेपाल राष्ट्र बैंकवाट २०७५ माघ २९ गतेका दिन राष्ट्रिय स्तरमा “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको थियो ।
 
साविकको वित्तीय मध्यस्थता संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले सञ्चालन गर्दै आएको लघुवित्तीय कारोवार हस्तान्तरण गरी मिति २०७५ फाल्गुण २१ गते देखि औपचारिक कारोवार शुभारम्भ गरेको यस संस्थाको कुल अधिकृत पुँजी ५० करोड, चुक्ता पुँजी २५ करोड ५० लाख र हाल संस्थापकहरुले चुक्ता गरेको पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ ।
 
संस्थाले हालसम्म देशका १७ जिल्लामा ५६ वटा शाखा मार्फत ७८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध लघुवित्तीय सेवा दिंदै आएको संस्थाको ३ अरव ६५ करोड लगानीमा रहि रहेको कर्जा छ भने २ अरव वचत संकलन गरेको छ । कोभिड–१९ को कारण असुलीमा परेको प्रभावलाई संस्थाले ९० प्रतिशत व्यवस्थापन गर्न सफल भएको छ ।
 
यसै परिवेशमा संस्थाले आफ्नो तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाउने क्रममा २८ गते शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
 
संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसाईले समृद्धीको दीप प्रज्वलन गरी तेश्रो शुभजन्मोत्सवको केक काट्नु भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष प्रसाईले सवै संस्थाले प्रदान गर्ने सेवामा समान भए पनि संस्कारमा फरक भएको भन्दै नेष्डो समृद्धले फरक संस्कारमा विपन्न महिलालाई अन्तरमन देखि सेवा गर्नुपर्ने वताउनु भयो । सञ्चालक सदस्य रत्न प्रसाद अधिकारी, रेशम वहादुर खत्री, प्रेम शर्मा पौडेल, मातृ संस्था नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेल, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियो ।
 
शुभारम्भ समारोह सञ्चालक सावित्री खत्री क्षेत्रीको स्वागत एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले आईतावार प्रगति समिक्षाको साथ नेष्डो वर्ष नारी÷वर्ष पुरुष छनौट प्रतियोगिता लगायत विविध कार्यक्रम गर्न गई रहेको छ भने सोमवार विभिन्न विषयगत तालिम कार्यक्रम आयोजना गर्नेछ ।

नेष्डो समृद्धको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

नेष्डो समृद्धको दोश्रो वार्षिक साधारण सभा सम्पन्न# नेपालका विपन्न समुदायको ढुकढुकीको रुपमा स्थापित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको दोश्रो वार्षिक साधारण सभा  मिति २०७७ पौष २९ गते अमरटिका प्रतिष्ठान नेपालको सभाहल कुश्मावजार पर्वतमा सुसम्पन्न भयो । वि.सं. २०५२ सालमा नेपालमा गरिवी रहेसम्म गरिवी विरुद्दको हाम्रो लडाई निरन्तर जारी रहने छ भन्ने उदघोषका साथ स्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल मुख्य संस्थापक रही स्थापित यस वित्तीय संस्थाले मिति २०७५ चैत्र २८ गतेका दिन कम्पनी ऐन, २०६३ अन्र्तगत कम्पनी रजिष्ट्रारको कार्यालयमा राष्ट्रिय स्तरको वित्तीय कम्पनीको रुपमा दर्ता भएको थियो । सस्थाले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन २०७४ बमोजिम मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट ने.रा.वैंक/इ.प्रा./“घ”/९७८/०७५/७६ मा राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको थियो ।

वित्तीय संस्थाले हालसम्म नेपालका १७ जिल्लामा ५६ वटा शाखा कार्यालय स्थापना गरी ३ सय ४९ जना कर्मचारी मार्फत ७९ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । विपन्न वर्गको चेतना, संगठन, शसक्तिकरण, घरदैलोमा आर्कषक वचत योजना, सुलभ कजाको साथै विविध कल्याणकारी सुविधाको साथ अगाडी वढेको यस संस्थाले विपन्नमैत्री व्याजदरमा सेवा दिंदै आएको छ । शुन्य देखि १५ प्रतिशत व्याजदरमा विपन्न परिवारलाई विना धितो कर्जा प्रदान गर्ने यस संस्थाले विद्यमान विषय परिस्थितीमा समेत २०७७ मंशिर मसान्तसम्म लेखा परिक्षण हुन वाँकी ३९ करोड जगेडा कोष कायम गर्न सफल भएको छ ।

दोश्रो साधारण सभाको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले, स्वागत सञ्चालक श्री रेशम वहादुर खत्रीले र सञ्चालन शेयरधनि श्री इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो । सभाले साधारण प्रस्तावहरु तर्फ अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्नुको साथै आ.व. २०७७/७८ को लेखा परिक्षणको लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गरेको छ । यसै गरी विशेष प्रस्तावहरु तर्फ मर्जरको लागि ढोका खुल्ला राख्ने र सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रवन्धपत्र र नियमावली शंसोधनमा केही सुधार गर्नु परेमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका निर्णयहरु गरेको छ ।

साधारण सभा आज मिति २०७७ पौष २९ गते अमरटिका प्रतिष्ठान नेपालको सभाहल कुश्मावजार पर्वतमा सुसम्पन्न भयो । वि.सं. २०५२ सालमा नेपालमा गरिवी रहेसम्म गरिवी विरुद्दको हाम्रो लडाई निरन्तर जारी रहने छ भन्ने उदघोषका साथ स्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल मुख्य संस्थापक रही स्थापित यस वित्तीय संस्थाको  दोश्रो साधारण सभाको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले, स्वागत सञ्चालक श्री रेशम वहादुर खत्रीले र सञ्चालन शेयरधनि श्री इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो ।

सभाले साधारण प्रस्तावहरु तर्फ अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्नुको साथै आ.व. २०७७/७८ को लेखा परिक्षणको लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गरेको छ । यसै गरी विशेष प्रस्तावहरु तर्फ मर्जरको लागि ढोका खुल्ला राख्ने र सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रवन्धपत्र र नियमावली शंसोधनमा केही सुधार गर्नु परेमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका निर्णयहरु गरेको छ ।