नेष्डो समृद्धको दोश्रो वार्षिक साधारण सभा सम्पन्न# नेपालका विपन्न समुदायको ढुकढुकीको रुपमा स्थापित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको दोश्रो वार्षिक साधारण सभा मिति २०७७ पौष २९ गते अमरटिका प्रतिष्ठान नेपालको सभाहल कुश्मावजार पर्वतमा सुसम्पन्न भयो । वि.सं. २०५२ सालमा नेपालमा गरिवी रहेसम्म गरिवी विरुद्दको हाम्रो लडाई निरन्तर जारी रहने छ भन्ने उदघोषका साथ स्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल मुख्य संस्थापक रही स्थापित यस वित्तीय संस्थाले मिति २०७५ चैत्र २८ गतेका दिन कम्पनी ऐन, २०६३ अन्र्तगत कम्पनी रजिष्ट्रारको कार्यालयमा राष्ट्रिय स्तरको वित्तीय कम्पनीको रुपमा दर्ता भएको थियो । सस्थाले बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन २०७४ बमोजिम मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट ने.रा.वैंक/इ.प्रा./“घ”/९७८/०७५/७६ मा राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको थियो ।
वित्तीय संस्थाले हालसम्म नेपालका १७ जिल्लामा ५६ वटा शाखा कार्यालय स्थापना गरी ३ सय ४९ जना कर्मचारी मार्फत ७९ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । विपन्न वर्गको चेतना, संगठन, शसक्तिकरण, घरदैलोमा आर्कषक वचत योजना, सुलभ कजाको साथै विविध कल्याणकारी सुविधाको साथ अगाडी वढेको यस संस्थाले विपन्नमैत्री व्याजदरमा सेवा दिंदै आएको छ । शुन्य देखि १५ प्रतिशत व्याजदरमा विपन्न परिवारलाई विना धितो कर्जा प्रदान गर्ने यस संस्थाले विद्यमान विषय परिस्थितीमा समेत २०७७ मंशिर मसान्तसम्म लेखा परिक्षण हुन वाँकी ३९ करोड जगेडा कोष कायम गर्न सफल भएको छ ।
दोश्रो साधारण सभाको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले, स्वागत सञ्चालक श्री रेशम वहादुर खत्रीले र सञ्चालन शेयरधनि श्री इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो । सभाले साधारण प्रस्तावहरु तर्फ अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्नुको साथै आ.व. २०७७/७८ को लेखा परिक्षणको लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गरेको छ । यसै गरी विशेष प्रस्तावहरु तर्फ मर्जरको लागि ढोका खुल्ला राख्ने र सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रवन्धपत्र र नियमावली शंसोधनमा केही सुधार गर्नु परेमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका निर्णयहरु गरेको छ ।
साधारण सभा आज मिति २०७७ पौष २९ गते अमरटिका प्रतिष्ठान नेपालको सभाहल कुश्मावजार पर्वतमा सुसम्पन्न भयो । वि.सं. २०५२ सालमा नेपालमा गरिवी रहेसम्म गरिवी विरुद्दको हाम्रो लडाई निरन्तर जारी रहने छ भन्ने उदघोषका साथ स्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल मुख्य संस्थापक रही स्थापित यस वित्तीय संस्थाको दोश्रो साधारण सभाको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष श्री विश्व प्रकाश प्रसाईले, स्वागत सञ्चालक श्री रेशम वहादुर खत्रीले र सञ्चालन शेयरधनि श्री इश्वरी प्रसाद शर्माले गर्नु भएको थियो ।
सभाले साधारण प्रस्तावहरु तर्फ अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पारित गर्नुको साथै आ.व. २०७७/७८ को लेखा परिक्षणको लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गरेको छ । यसै गरी विशेष प्रस्तावहरु तर्फ मर्जरको लागि ढोका खुल्ला राख्ने र सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने, प्रवन्धपत्र र नियमावली शंसोधनमा केही सुधार गर्नु परेमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका निर्णयहरु गरेको छ ।