नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कलष्टर स्तरीय प्रगति समिक्षा गोष्ठी दमौलीमा सम्पन्न ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कलष्टर स्तरीय प्रगति समिक्षा गोष्ठी दमौलीमा सम्पन्न ।
सेवा विस्तारको साथै कोभिड व्यवस्थापनमा विशेष ध्यान दिने संस्थाको भनाई ।।
समृद्ध समाचारदाता/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को प्रगति समिक्षा, आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम सार्वजनिक तथा कोभिड व्यवस्थापन कार्यशाला गोष्ठी शनिवार दमौली कलष्टरमा सम्पन्न भएको छ । वित्तीय संस्थाका तनहु, लमजुङ र गोरखा जिल्लामा रहेका १२ वटा शाखाका शाखा प्रवन्धक तथा केन्द्र प्रवन्धकको सहभागिता रहेको उक्त गोष्ठीमा विगतको आर्थिक वर्षको लक्ष्य, प्राप्त उपलव्धी, उपलव्धी हासिल नहुनको कारण र यस वर्षको लक्ष्य प्राप्तीको लागि अनुशरण गरिने रणनीतिहरुका सम्वन्धमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी सवै शाखाहरुले लघुवित्तमा कोभिडको प्रभाव र समाधानका विकल्पहरुको वारेमा संस्थागत प्रस्तुतीकरण गर्नु भएको गोष्ठीमा सहायक प्रवन्धक प्रमुख उत्तम प्रसाद अधिकारी, सहायक अनुगमन अधिकृत रामचन्द्र गौतम लगायतले सहजीकरण गर्नु भएको थियो ।
गोष्ठीको शुभारम्भ गर्दै वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले कोभिडको ठूलो मार विपन्न वर्गमा परेकोले पिडित वर्गको जीविकोपार्जनको सुनिश्चित गर्न लघुवित्त संस्थाहरुले विशेष ध्यान दिनु पर्ने वताउनु भयो । उहाँले लघुवित्त संस्थाले विपन्न वर्गको राहातको लागि ५ प्रतिशत व्याज घटाई १५ प्रतिशत कायम गरेको वताउनु भयो । उहाँले संस्थाले लिदै आएको सेवा शुल्कमा समेट केही छुट गरी कोरोना विशेष सुविधा कर्जा समेतको समेत व्यवस्था गरेको वताउनु भयो । प्रसाईले अव लिभिङ वीथ कोभिडको रणनीति बमोजिम संक्रमणवाट कर्मचारी र संस्थालाई वचाउनको लागि स्वाथ्य उपकरण तथा स्वास्थ्य सामाग्रीको समेत संस्थाले व्यवस्था गरेको वताउनु भयो । कार्यक्रममा अध्यक्ष प्रसाईले कोभिड संक्रिमित कर्मचारी, कर्मचारीको परिवारका सदस्य, संस्थामा आवद्ध सदस्य एवम् उहाँहरुको परिवारलाई समेत आर्थिक राहातको प्याकेज ल्याएको वताउनु भयो । सरकारले मास्क अभियान सञ्चालन गर्ने घोषणा गरिरहेको वर्तमान सन्दर्भमा नेष्डो समृद्धले पहिलो चरणमा ७८ हजार परिवारमा मास्क पु¥याउने गरी अभियान अगाडी वढाएको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा हरेक शाखालाई आवश्यक अक्सोमिटर, थर्मनगन, स्थानीटाईजर, के.एन ९५ मास्क, सर्जिकल मास्क, पिपिई सेट, एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण र सामाग्री वितरण गरिएको थिथो । शनिवार दमौली कलष्टरमा १२ थान अक्सोमिटर, १२ थान थर्मलगन, १२ थान पिपिईसेट, ६० लिटर स्यानीटाईजर, १२ हजार ५ सय थान विभिन्न गुणस्तरका मास्क, ५६ थान एन्टिजिन किट्स लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री अध्यक्ष प्रसाईले विभिन्न संस्थालाई वितरण गर्नु भएको थियो ।
कार्यक्रम आतिथ्य शाखा दमौलीका शाखा प्रवन्धक सन्तोष अधिकारीको अध्यक्षता, वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आथित्यता एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका तनहु सहकर्मी सुगत पौडेलवाट प्रषित समाचारमा जनाइएको छ । वित्तीय संस्थाका सवै शाखाहरुलाई समेटी विभिन्न ५ वटा कलष्टरमा काम भई रहेको संस्थाले जनाएको छ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को प्रथम वार्षिक साधारण सभा सम्पन्न, विश्व प्रकाश प्रसाईको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति चयन ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतकाृे प्रथम बार्षिक साधारण सभा विश्व प्रकाश प्रसाईको अध्यक्षतामा आगामी चार वर्षको लागि ५ सदस्यीय सञ्चालक समितिको चयन गर्दै सोमावार कुश्मा, पर्वतमा सम्पन्न भएको छ । सञ्चालक समितिका अन्य सदस्यमा रत्न प्रसाद अधिकारी, सावित्री खत्री क्षेत्री, प्रेम शर्मा पौडेल र रेशम वहादुर खत्री रहनु भएको छ । सभाले सामान्य प्रस्ताव अन्र्तगत सञ्चालक समितिको तर्फवाट अध्यक्ष विश्व प्रकाश प्रसाईवाट प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति एवम् चालु आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम सहितको वार्षिक प्रतिवेदन, २०७६ लाई सर्वसम्मतीले पारित गरेको छ । यसै गरी सभाले को आर्थिक प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गर्नुको साथै आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षणको लागि लेखा परिक्षकको नियुक्ती गरेको छ । सभाले विशेष प्रस्ताव अन्र्तगत प्रवन्धपत्रको दफा (४) को उप दफा १ अन्र्तगत (ढं), दफा ६ को उपदफा (घ) र (ङ) र दफा ११ को शंसोधनको प्रस्ताव पारित गरेको छ । यसै गरी सभाले संस्थापक शेयर धनि र सर्वसाधारणको शेयर अनुपात ७०ः३० रहेकोमा सो लाई शंसोधन गरी ६८ः३२ गराउने, नेपाल एग्रोसंग एक आपसमा गाभ्ने र गाभिने सन्दर्भमा भएका सम्पूर्ण कुरालाई अनुमोदन गर्दै यस सहमतीलाई पुर्णता दिंदै अन्य वित्तीय संस्थासंग एक आपसमा गाभ्ने र गाभिने विकल्पलाई खुल्ला राख्ने समेत निर्णय गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता, सञ्चालक सावित्री खत्री क्षेत्रीको स्वागत, शेयरधनि अनिता सोतीको संस्थागत प्रतिज्ञाको साथै संस्थापक शेयरधनि इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारण सभामा कुल ८३ जना संस्थापक शेयरधनि मध्ये ३६ जना उपस्थित भई कुल चुक्ता पुँजी ७ करोड मध्ये ५ करोड ६६ लाख या नि ७ लाख चुक्ता शेयरकित्ता मध्ये ५ लाख ६६ हजार शेयरकित्ताको उपस्थिती पुस्तिकामा दस्तखत भए पश्चात कम्पनी सचिव कमल प्रसाद शर्माले कुल शेयर मध्ये ८०.८६ प्रतिशतको उपस्थिती रहेको, कम्पनी ऐन वमोजिम २१ दिन पहिले अभियान राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गरिएको, सो वमोजिम संस्थापक शेयरधनिज्यूमा प्रतिवेदन सहित सुचना पठाइएको हुँदा साधारण सभा वैधानिक रुपमा शुरुवात हुने जानाकारी गराउनु भएको थियो ।

नेष्डो समृद्ध संस्था वि.संं. २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा पव्लिक कम्पनीको रुपमा दर्ता भई गत २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । संस्थाले गत २०७५ फाल्गुण २१ गतेका दिन देखि साविकको वित्तीय र्सस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले गर्दै आएको कारोवार ग्रहण गरी कारोवारको शुभारम्भ गरेको थियो ।

नेष्डो सम्वृद्ध लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापना प्रक्रिया पुरा

संस्थागत डायरी/नेष्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था लि. ले अाजका मिति देखि वित्तीय कारोवारको लागि सम्पुर्ण प्रकृया पुरा गरेको छ । लामो समय देखि संस्थापनाको प्रकृयामा रहेको यस वित्तीय संस्था २०७४ चैत्र २८ गतेका दिन कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र वैकवाट वित्तिय कारोवारको स्वीकृतीको प्रकृयामा रहेको थियो । संस्थाले यहि २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र वैंकवाट ईजाजत नं. ने.रा.वैक/ई.प्रा./”घ”/०८७/०७५/७६ वाट वित्तीय कारोवार गर्ने अनुमति प्राप्त गरेको थियो । नेपाल राष्ट्र वैंकवाट कारोवारको स्वीकृति पाए पश्चात कम्पनि रजिष्ट्रारको कार्यालयवाट कारोवार गर्ने स्वीकृत लिनुपर्ने कम्पनी एेन, २०६३ को दफा ६३ को प्रावधान वमोजिम अाज कम्पनि रजिष्ट्रारको कार्यालयवाट कारोवार स्वीकृतिका साथै शेयर लगत प्रमाणित लिने काम सम्पन्न भयो । अराजक दुई कानुन व्यवसायीले विहिवार कम्पनि रजिष्टार लगायतका कर्मचारीहरु माथि कार्यकक्षमा गरेको भौतिक अाक्रमणवाट सृजित असहज परिस्थितिको कारण काममा धेरै ढिलाई हुने हो कि भन्ने चिन्ता थियो तर अपेक्षित समयमा नै काम सम्पन्न भयो ।

असहज परिस्थितिम पनि सेवाग्राहीको समस्यालाई मध्येनजर गरी कार्य सम्पादन गर्ने कम्पनि रजिष्टारज्यु लगायत सम्पुर्ण कर्र्मचारी परिवार, प्राविधिक सहयोग गर्ने अाकांक्षा कानुनी सेवाका अधिवक्ता श्री शारदा नेपाल ढकाल, संचालक समितिका पदाधिकारीज्युहरु, विशेषगरी समितिको अख्तियारी लिई कार्य सम्पादन गर्नुहुने संचालक समितिका सदस्य श्री सावित्री खत्री क्षेत्री, संस्थालाई यो स्थितिमा ल्याउन निरन्तर सहयोग गर्नु हुने विभागीय प्रमुख श्री विश्वन्धु प्रसाई, श्री लक्ष्मी मेधासी, श्री वद्री मिश्र, श्री युधिष्ठिर भुषाल लगायत सवै अधिकृत साथिहरु, शाखा प्रवन्धक, केन्द्र प्रवन्धक तथा अन्य कर्मचारी साथीहरुप्रति हार्दिक धन्यवाद एवम् अाभार व्यक्त गर्दछु ।

संस्थापक शेयरधनिज्युहरुको लामो धैर्यता र प्रोत्साहनको उच्च सम्मान गर्दै सह्राना गर्दछौ । सम्पुर्ण शुभचिन्तक सहयोगी महानुभावहरुमा समेत हार्दिक अाभार व्यक्त गर्दछु ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि को वार्षिक समिक्षा सम्पन्न ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको आर्थिक वर्ष २०७५/७६ को प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७६/७७ को योजा सार्वजनिक कार्यक्रम शुक्रवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकवाट २०७५ माघ २९ गते राष्ट्रिय स्तरमा “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त यस वित्तीय सस्थाले गत फाल्गुण २१ गते देखि कारोवार शुरुवात गरेको हो ।

वित्तीय संस्थामा विगत १८ वर्ष देखि नेष्डो नेपालले सञ्चालन गर्दै आएको वित्तीय कारोवार हस्तान्तर भई आएकोले वार्षिक समिक्षाको अवस्था विश्लेषणमा वार्षिक लक्ष्यको तुलनामा उपलव्धीलाई आधार वनाइएको छ ।

संस्थाले २०७६ असार मसान्तसम्ममा १२ वटा जिल्लामा ५६ वटा शाखा कार्यालयवाट देशका १ सय ८७ स्थानीय निकायमा सेवा दिंदै आएको छ । हाल संस्थामा कार्यरत २ सय ५५ कर्मचारीले ७८ हजार ९३५ विपन्न परिवारलाई समूहमा आवद्ध गरी ३ अरव १७ करोड ९१ लाख १० हजार ६६७ रुपैयाँ लगानीमा रहि रहेको कर्जा पुगेको छ भने वचत तर्फ १ अरव ७८ करोड ४० लाख १५ हजार १३२ रुपैयाँ रहेको छ । प्रगति समिक्षाको क्रममा वार्षिक उपलव्धी प्रतिशतलाई विश्लेषण गर्दा अमरापुरी शाखा सर्वोकृष्ट, माडी शाखा दृतिय, दमौली शाखा तृतिय र वर्दघाट शाखा सान्त्वना स्थान हासिल गरेका छ । यसै गरी उच्च कर्मचारी उत्पादकत्व कायम गरे वापत सुनवल शाखा र सवै भन्दा एनपिएल कमी गरेकोमा घ्याल्चोक शाखालाई पुरस्कृत गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा संस्थाले ८ जिल्लामा थप कार्यक्षेत्र विस्तार गरी २० जिल्ला, थप ५० नगरपालिका÷गाउपालिकामा सेवा विस्तार गरी २ सय ३७ मा पु¥याउने, ११ हजार ७६० सदस्य थप गरी ९० हजार ६३५ पु¥याउने, लगानीमा रहि रहेको कर्जामा १ अरव ८१ करोड ७२ लाख ९२ हजार ५१५ थप गरी ४ अरव ९९ करोड ६४ हजार ३ हजार १८२ पु¥याउने तथा वचत तर्फा ५७ करोड ७२ लाख ११ हजार ८०३ थप गरी २ अरव ३६ करोड १२ लाख २६ हजार ९३५ पु¥याउने लक्ष्य लिएको छ । यसै गरी भाका नाघेको कर्जा तर्फ ३ करोड ८५ लाख ८ हजार ६१९ घटाईनेछ ।

संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाई ठकुरीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले स्वागत, वित्त सल्लाहकार सावित्री खत्री क्षेत्रीले प्रतिज्ञा, एचआर अधिकृत इश्वरी शर्माले स्वागत गर्नु भएको थियो भने वित्त सल्लाहकार विश्ववन्धु प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को भव्यताका साथ समूदघाटन समारोह सम्पन्न

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतको आज एक समारोहको विच समूदघाटन गरिएको छ । विगत १८ वर्ष देखि लघुवित्तीय कारोवार गर्दै आई रहेको नेष्डो नेपाल समेत ८३ जना संस्थापक शेयरधनि रही स्थापित उक्त वित्तीय संस्थाको पर्वत सदरमुकाम कुश्मामा केन्द्रिय कार्यालय रही देशका १२ जिल्लामा ५६ वटा शाखा कार्यालय मार्फत ८० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गर्दै आई रहेको छ । संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले शनिवार एक भव्य समारोहका विच दिप प्रज्वलन गरी संस्थाको र मुलगेटमा रिवन काटेर केन्द्रिय कार्यालयको औपचारिक समूदघाटन गर्नु भएको हो ।

वाजगाजा सहित शान्ति र समृद्धिका लागि आयोजित प्रभातफेरी ¥याली पश्चात स्थानीय युनिभर्सल पार्टी प्यालेसमा आयोजित समूदघाटन समारोहमा विगत २५ वर्ष देखि निरन्तर नेष्डो नेपालमा सेवारत रहदै आजको अवस्थामा ल्याई पु¥याउनको लागि योगदान गर्नु हुने नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी, प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्री, लघुवित्त प्रमुख विश्ववन्धु प्रसाई, पुर्व अध्यक्ष तथा एचआरडी प्रमुख लक्ष्मी कुमारी मेधासी र लघु वित्तको पहिलो समूह गठन गर्ने प्रवन्धक नारायण प्रसाईलाई संस्थागत सम्मान गरिएको थियो । 
ृृ
कार्यक्रममा संस्थाका विभिन्न शाखालाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने शाखाहरुमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक मुल्यांकनमा सर्वोकृष्ट स्थान हासिल गर्ने अमरपुरी शाखा, दृतिय स्थान हासिल गर्ने माडी शाखा, तृतिय स्थान हासिल गर्ने दमौली शाखा तथा सान्त्वना स्थान हासिल गर्ने वर्दघाट शाखा रहेका छन् । पुरस्कृत शाखालाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरी कार्यक्रममा उच्च कर्मचारी उत्पादकत्व कायम गरेकोमा सुनवल शाखा र यस वर्ष सवैभन्दा भाका नाघेको रकम घटाउनेमा घ्याल्चोक शाखालाई रु १० हजार र ६ हजार नगद सहित पुरस्कृत गरिएको थियो । अमरापुरी शाखाका प्रवन्धक श्री संझना रायमाझी, माडी शाखाका प्रवन्धक श्री जमुना भुषाल, दमौली शाखाका प्रवन्धक श्री सन्तोष अधिकारी, वर्दघाट शाखाका प्रवन्धक श्री मन्जु वि.क., सुनवल शाखाका प्रवन्धक श्री वुद्ध वहादुर घिमिरे र घ्याल्चोक शाखाका प्रवन्धक लोक वहादुर सोनी सहित शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सामुहिक रुपमा पुरस्कार हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष प्रसाईले विगत २५ वर्ष पहिलो आफ्ना सवै अवसरहरुलाई त्यागेर चुनौतीको सामना गदै नेष्डो नेपाल स्थापना गर्ने देखि वित्तीय संस्था समेत प्रवद्र्धन गरी आज समूदघाटन गर्न पाँउदा अति भाग्यवानी महशुस भएको वताउनु भयो । उहाँले नेष्डो नेपालले दिंदै आएको वित्तीय सेवा नेष्डो समृद्धमा रुपान्तरण भएकोमा खुशी व्यक्त गर्दै संस्थाले थप गुणस्तरीय विपन्नमुखी सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको वताउनु भयो । कार्यक्रमा वरिष्ठ अधिवक्ता एवम् संस्थापक शेयरधनि श्री मुकुण्द शर्मा पौडेलले आँफू धेरै वित्तीय संस्थामा संलग्न भए पनि नेष्डो समृद्धको वित्तीय सवलता र सामाजिक पक्ष अनुकरणीय भएको वताउनु भयो । कार्यक्रममा पर्वत उद्योग वाण्ज्यि संघका अध्यक्ष श्री केदारनाथ शर्माले संस्था स्थापनामा केही ढिलाई भए पनि संस्था राम्रो भएर आएकोमा खुशी व्यक्त गर्नु भयो । रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर श्री गोपी अधिकारी, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष श्री गणेश वहादुर क्षेत्री, रोटरी क्लव अफ पर्वतका अध्यक्ष श्री लेखनाथ शर्मा, लायन्स क्लव अफ पोखरा संगमका अध्यक्ष श्री किरणलाल श्रेष्ठले नेष्डो समृद्धको सेवा उत्कृष्ठ भएको भन्दै थप प्रभावकारी सेवाको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । यसरी शृुभकामना व्यक्त गर्ने अन्य वक्ताहरुमा पर्वत जेसिजका अध्यक्ष श्री मोहन आचार्य, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष श्री जलन खत्री, सामुदायिक सेवा समाजका अध्यक्ष श्री मान कुमारी गिरी लगायत हुनुहुन्थ्यो ।

वित्तीय संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता, सञ्चालक श्री रत्न प्रसाद अधिकारीको स्वागत, सञ्चालक श्री सावित्री खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवम् एचआर अधिकृत श्री इश्वरी प्रसाद शर्माको सञ्चालनमा वित्तीय संस्था समूदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा सम्पन्न, पुजी वृद्धि लगायत विभिन्न निर्णयः

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा सम्पन्न भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारण सभा शनिवार विभिन्न निर्णय गरी सम्पन्न भएको छ । सभाले सञ्चालक समितिवाट निर्णयार्थ प्रस्तुत पुँजी वृद्धि सम्वन्धि प्रस्तावलाई सर्व सम्मतीले पारित गरेको छ । संस्थाको हाल अधिकृत पुँजी ५० करोड, जारी पुँजी १० करोड र हाल संस्थापकहरुवाट चुक्ता पुँजी ७ करोड रहेकोमा अधिकृत पुँजी यथावत कायम राखी जारी पुँजी २५ करोड र हाल संस्थापकवाट चुक्तापुँजी १७ करोड ५० लाख पु¥याईने छ । जसका लागि सभाले एक शेयरको अनुपातमा १.५ हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यसै गरी विशेष साधारण सभाले संस्थागत शुसासन, कारोवारको अवस्था र हालसम्मको आत्मानिर्भरता लगायतका कुराहरुलाई विश्लेषण गरी दुई वा सो भन्दा वढि लघुवित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने र प्राप्तीको लागि विकल्प खुल्ला गर्ने निर्णय समेत गरेको छ । मर्जर प्रयोजनको लागि अावश्यक पुर्व तयारीको लागि साधारण सभाले अध्यक्ष विश्व प्रकाश प्रसाईको संयोजकत्वमा सञ्चालक सावित्री खत्री क्षेत्री, सल्लाहकार विश्ववन्धु प्रसाई, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल र प्रवन्धक कमल प्रसाद शर्मा रहेको ५ सदस्यीय मर्जर उपसमिति समेत गठन गरेको छ । उक्त समितिले मर्जर सम्वन्धि छलफल चलाउने, अान्तरिक विश्लेषण गर्ने लगायतका कार्य गरि कार्य गरी अन्तिम स्वीकृतीका लागि मात्र सञ्चालक समिति समक्ष पेश गर्नेछ । तत्पश्चात संयुक्त मर्जर समिति गठन भई प्रक्रिया अगाडि पढाईने छ ।

साधारणसभामा कुल चुक्ता ७ लाख कित्ता मध्ये ५ लाख ७५ हजार कित्ता चुक्ता शेयरको प्रतिनिधित्व रहेको थियो । वरिष्ठ अधिवक्ता मुकुण्द शर्मा पौडेल, शेयरधनि अधिवक्ता निरन्जनलाल राजभण्डारी, शेयर धनि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, शिव शर्मा पौडेल, चुरक कर्मचार्य लगायतले प्रस्ताव उपर छलफलमा भाग लिनु भएको थियो । सभामा अध्यक्ष प्रसाईले अध्यक्षता, सञ्चालक रेशम वहादुर खत्रीले स्वागत एवम् सञ्चालक प्रेम शर्माले धन्यवाद व्यक्त गर्नु भएको थियो ।