नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को प्रथम वार्षिक साधारण सभा सम्पन्न, विश्व प्रकाश प्रसाईको अध्यक्षतामा ५ सदस्यीय सञ्चालक समिति चयन ।
- January 15, 2020
- Posted by: admin
- Category: News
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. कुश्मा पर्वतकाृे प्रथम बार्षिक साधारण सभा विश्व प्रकाश प्रसाईको अध्यक्षतामा आगामी चार वर्षको लागि ५ सदस्यीय सञ्चालक समितिको चयन गर्दै सोमावार कुश्मा, पर्वतमा सम्पन्न भएको छ । सञ्चालक समितिका अन्य सदस्यमा रत्न प्रसाद अधिकारी, सावित्री खत्री क्षेत्री, प्रेम शर्मा पौडेल र रेशम वहादुर खत्री रहनु भएको छ । सभाले सामान्य प्रस्ताव अन्र्तगत सञ्चालक समितिको तर्फवाट अध्यक्ष विश्व प्रकाश प्रसाईवाट प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति एवम् चालु आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम सहितको वार्षिक प्रतिवेदन, २०७६ लाई सर्वसम्मतीले पारित गरेको छ । यसै गरी सभाले को आर्थिक प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गर्नुको साथै आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षणको लागि लेखा परिक्षकको नियुक्ती गरेको छ । सभाले विशेष प्रस्ताव अन्र्तगत प्रवन्धपत्रको दफा (४) को उप दफा १ अन्र्तगत (ढं), दफा ६ को उपदफा (घ) र (ङ) र दफा ११ को शंसोधनको प्रस्ताव पारित गरेको छ । यसै गरी सभाले संस्थापक शेयर धनि र सर्वसाधारणको शेयर अनुपात ७०ः३० रहेकोमा सो लाई शंसोधन गरी ६८ः३२ गराउने, नेपाल एग्रोसंग एक आपसमा गाभ्ने र गाभिने सन्दर्भमा भएका सम्पूर्ण कुरालाई अनुमोदन गर्दै यस सहमतीलाई पुर्णता दिंदै अन्य वित्तीय संस्थासंग एक आपसमा गाभ्ने र गाभिने विकल्पलाई खुल्ला राख्ने समेत निर्णय गरेको छ ।
साधारण सभा संस्थाका अध्यक्ष प्रसाईको अध्यक्षता, सञ्चालक सावित्री खत्री क्षेत्रीको स्वागत, शेयरधनि अनिता सोतीको संस्थागत प्रतिज्ञाको साथै संस्थापक शेयरधनि इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारण सभामा कुल ८३ जना संस्थापक शेयरधनि मध्ये ३६ जना उपस्थित भई कुल चुक्ता पुँजी ७ करोड मध्ये ५ करोड ६६ लाख या नि ७ लाख चुक्ता शेयरकित्ता मध्ये ५ लाख ६६ हजार शेयरकित्ताको उपस्थिती पुस्तिकामा दस्तखत भए पश्चात कम्पनी सचिव कमल प्रसाद शर्माले कुल शेयर मध्ये ८०.८६ प्रतिशतको उपस्थिती रहेको, कम्पनी ऐन वमोजिम २१ दिन पहिले अभियान राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गरिएको, सो वमोजिम संस्थापक शेयरधनिज्यूमा प्रतिवेदन सहित सुचना पठाइएको हुँदा साधारण सभा वैधानिक रुपमा शुरुवात हुने जानाकारी गराउनु भएको थियो ।
नेष्डो समृद्ध संस्था वि.संं. २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा पव्लिक कम्पनीको रुपमा दर्ता भई गत २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । संस्थाले गत २०७५ फाल्गुण २१ गतेका दिन देखि साविकको वित्तीय र्सस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले गर्दै आएको कारोवार ग्रहण गरी कारोवारको शुभारम्भ गरेको थियो ।