नेष्डो समृद्धको तेश्रो स्थापना दिवस ५ दिवसीय विविध कार्यक्रम सहित मनाईदै । चैत्र २८ गते शनिवार स्थापना दिवसको शुभारम्भ कार्यक्रम सम्पन्न ।
- May 27, 2021
- Posted by: admin
- Category: News
No Comments
उत्तम प्रसाद अधिकारी/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि., कुश्मा पर्वतले आफ्नो स्थापना दिवस विविध ५ दिने कार्यक्रम सहित मनाउने भएको छ । कम्पनी ऐन, २०६३ अन्र्तगत २०५४ साल चैत्र २८ गतेका दिन राष्ट्रिय स्तरको पव्लिक लिमिटेड कम्पनीको रुपमा नेष्डो समृद्ध दर्ता भएको थियो । संस्थाले यहि दिनलाई आफ्नो स्थापना दिवसका रुपमा मनाउदै आई रहेको हो । नेष्डो समृद्धले नेपाल राष्ट्र बैंकवाट २०७५ माघ २९ गतेका दिन राष्ट्रिय स्तरमा “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको थियो ।
साविकको वित्तीय मध्यस्थता संस्था राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले सञ्चालन गर्दै आएको लघुवित्तीय कारोवार हस्तान्तरण गरी मिति २०७५ फाल्गुण २१ गते देखि औपचारिक कारोवार शुभारम्भ गरेको यस संस्थाको कुल अधिकृत पुँजी ५० करोड, चुक्ता पुँजी २५ करोड ५० लाख र हाल संस्थापकहरुले चुक्ता गरेको पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ ।
संस्थाले हालसम्म देशका १७ जिल्लामा ५६ वटा शाखा मार्फत ७८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध लघुवित्तीय सेवा दिंदै आएको संस्थाको ३ अरव ६५ करोड लगानीमा रहि रहेको कर्जा छ भने २ अरव वचत संकलन गरेको छ । कोभिड–१९ को कारण असुलीमा परेको प्रभावलाई संस्थाले ९० प्रतिशत व्यवस्थापन गर्न सफल भएको छ ।
यसै परिवेशमा संस्थाले आफ्नो तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाउने क्रममा २८ गते शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसाईले समृद्धीको दीप प्रज्वलन गरी तेश्रो शुभजन्मोत्सवको केक काट्नु भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष प्रसाईले सवै संस्थाले प्रदान गर्ने सेवामा समान भए पनि संस्कारमा फरक भएको भन्दै नेष्डो समृद्धले फरक संस्कारमा विपन्न महिलालाई अन्तरमन देखि सेवा गर्नुपर्ने वताउनु भयो । सञ्चालक सदस्य रत्न प्रसाद अधिकारी, रेशम वहादुर खत्री, प्रेम शर्मा पौडेल, मातृ संस्था नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेल, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियो ।
शुभारम्भ समारोह सञ्चालक सावित्री खत्री क्षेत्रीको स्वागत एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाले आईतावार प्रगति समिक्षाको साथ नेष्डो वर्ष नारी÷वर्ष पुरुष छनौट प्रतियोगिता लगायत विविध कार्यक्रम गर्न गई रहेको छ भने सोमवार विभिन्न विषयगत तालिम कार्यक्रम आयोजना गर्नेछ ।




