ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

📅 मिति: २०८२ साल चैत्र ८ गते

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, रामपुर शाखाको आयोजनामा ग्लोबल मनी वीकको अवसरमा रामपुर इङ्ग्लिस बोर्डिङ स्कूलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी कुल १३४ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई बचतको महत्व, वित्तीय अनुशासन, बैंकिङ प्रणाली तथा पैसाको उचित व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममार्फत विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यस्ता कार्यक्रमले भविष्यमा जिम्मेवार तथा सचेत नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।



Leave a Reply