Gunaso

वित्तीय ग्राहक संरक्षणको लागि

नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड कुश्मा नगरपालिका–६, पर्वत र यसका शाखाहरुबाट प्रवाह हुने सेवा–सुविधाहरूको सम्बन्धमा यस वित्तीय संस्थाले जारी गरेका निर्देशन, परिपत्र तथा सूचनाहरू एवं नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएका निर्देशन, परिपत्र तथा सूचनाको पूर्ण पालना गर्दै सम्पूर्ण ग्राहक सदस्यहरूलाई पारदर्शी, विश्वसनीय, छिटो छरितो रुपमा सेवा प्रवाह गर्दै आएको छ ।

ग्राहक सदस्यहरू, अभिभावकहरू तथा सरोकारवाला पक्षहरूसँग संस्थाको सेवा प्रवाह सम्बन्धमा विश्वास र स्पष्टता कायम राख्ने तथा ग्राहक सदस्यहरूलाई कुनै प्रकारको दुविधा, समस्या, असुविधा वा क्षति पर्न नदिने उद्देश्यले यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा “गुनासो सुनुवाई इकाई” स्थापना गरिएको छ ।

संस्थाबाट प्रवाह हुने सेवा सम्बन्धमा कुनै गुनासो, सुझाव वा समस्या उत्पन्न भएमा ग्राहक सदस्यहरूले उक्त इकाईमा आफ्नो गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त गुनासोहरूको निष्पक्ष तथा समयमै सुनुवाई एवं समाधान गर्ने कार्य सोही इकाई मार्फत गरिने व्यवस्था समेत रहेको छ ।

गुनासो दर्ता गर्ने प्रक्रिया

  • NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd को वेबसाइट मा प्रवेश गर्ने ।
  • आफूले वित्तीय सेवा लिइरहेको वा लिन चाहेको सम्बन्धमा कुनै गुनासो, राय वा सुझाव भए अनलाइन माध्यममार्फत दर्ता गर्ने ।
  • दर्ता गरिएको गुनासोको अन्तिम जवाफ वा निर्णय इमेल वा फोनमार्फत प्राप्त गर्ने ।

गुनासो सुनुवाइ इकाईबाट देहाय प्रकृतिका गुनासाहरू सम्बोधन गरिने छैनन्

  • गुनासोकर्ताको नाम, सम्पर्क नं., इमेल तथा अन्य विवरण गलत वा अपूर्ण भई सम्पर्क गर्न नसकिने गुनासाहरू ।
  • अस्पष्ट तथा अपूर्ण विवरण भएका गुनासाहरू ।
  • कुनै अदालत, न्यायाधिकरण वा मध्यस्थतामा विचाराधीन रहेका गुनासाहरू ।
  • अन्य निकायलाई सम्बोधन गरिएका गुनासाहरू ।
  • यस वित्तीय संस्थासँग असम्बन्धित व्यक्ति वा संस्थासँग सम्बन्धित गुनासाहरू ।
  • अपमानजनक, घृणा वा द्वेषपूर्ण अभिव्यक्ति भएका गुनासाहरू ।
  • संस्थाका सेवाग्राहीहरूको आन्तरिक तथा पारिवारिक मामिलासँग सम्बन्धित गुनासाहरू ।

नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न चाहनुहुन्छ भने कृपया तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

File Complaint with NRB
Gunaso.nrb.org.np