नेष्डो समृद्ध लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

नेष्डो समृद्ध लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

📅 मिति: २०८२/१२/२0

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सुनवलको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

 उक्त कार्यक्रममा १५० वटा केन्द्रका करिब २५० जना सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरतासम्बन्धी विभिन्न विषयमा जानकारी गराउनुका साथै बचत, ऋण व्यवस्थापन तथा उद्यमशीलता विकासबारे प्रशिक्षण प्रदान गरिएको थियो।

यसै अवसरमा वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्य गर्ने सदस्य तथा केन्द्रहरूलाई चार विधामा प्रमाणपत्र, नगद पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।

संस्थाले यस्ता कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि र वित्तीय पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ।



Leave a Reply