ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- March 22, 2026
- Posted by: admin
- Category: News
No Comments
📅 मिति: २०८२ साल चैत्र ८ गते
ग्लोबल मनी वीक–२०२६ को अवसरमा अवसरमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, थापाठाना शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम फलेवास नगरपालिका–२, थापाठानामा अवस्थित Parbat Green Peace English Boarding School मा आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, वित्तीय अनुशासन, बैंकिङ प्रणाली तथा पैसाको सही व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
संस्थाले यस्ता कार्यक्रममार्फत वित्तीय साक्षरता अभिवृद्धि गरी समाजमा आर्थिक सचेतना फैलाउने उद्देश्य लिएको जनाएको छ।