बेलाटारी शाखामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- April 7, 2026
- Posted by: admin
- Category: News
No Comments
📅 मिति: २०८२/१२/२४
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बेलाटारीको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा १३३ वटा केन्द्रमध्ये २०९ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, ऋण व्यवस्थापन तथा आर्थिक अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
गोष्ठीमा वार्षिक मूल्याङ्कनको आधारमा उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई चार विभिन्न विधामा प्रमाणपत्र, नगद पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
संस्थाले यस्ता कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।