मुग्लिङ शाखामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- February 20, 2026
- Posted by: admin
- Category: News
No Comments
📅 मिति: २०८२ साल फागुन ८ गते
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, मुग्लिङ शाखाद्वारा एक दिने केन्द्र प्रमुख स्तरीय गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा ११२ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, ऋण व्यवस्थापन तथा व्यवसायिक सीप विकास सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका अवसरमा शाखामा आवद्ध समृद्ध व्यवसायिक केन्द्रहरूमध्ये उत्कृष्ट कार्य गर्ने सदस्य तथा केन्द्रहरूलाई चार विभिन्न विधामा नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
संस्थाले यस्ता कार्यक्रममार्फत सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।